January 18, 2025, 8:06 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतलाई : चौथो खेलमा अस्ट्रेलिया २० रनले पराजित

मंसिर १६, २०८० मा प्रकाशित | ६८ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । हिजो भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हरायो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा अविजित रहे । ओपनर ट्रविस हेडले ३१ रन जोडे ।

भारतका अक्षर पटेलले ३ र दीपक चाहरले २ विकेट लिए । रवि विश्रोई र आवेश खानले समान एक/एक विकेट लिए । त्यसअघि रायपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतका रिङ्कु सिंहले सर्वाधिक ४६ रन बनाए । यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन जोडे ।

अस्ट्रेलियाका बेन ड्वाशिुसले ३ तथा जेसन बेहरनडोर्फ र तनवीर सङ्घाले समान २ विकेट लिए । भारतले अस्ट्रेलियालाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हराएको थियो । अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

पाँचौँ तथा अन्तिम खेल भोलि हुनेछ । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

 

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया