January 18, 2025, 11:51 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

आज पनि हिमपातको सम्भावना, पहाडी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने अनुमान

मंसिर १९, २०८० मा प्रकाशित | ५४ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डौ – आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको थियो । हिमपात भएसँगै हिमाली क्षेत्रका किसान फुरुङ्ग भएका छन् । अहिलेको हिउँले हिउँदे बालीलाई फाइदा पुग्ने किसानले बताएका छन् ।

हिमपातले चिसो भने बढाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापिय प्रणाली र बंगालको खाडीमा बनेको आँधीको प्रभाव परेको छ । यही प्रणालीका कारण हिजो देशभरकाे मौसम बदली भएको थियो ।

मौसम बदली भएसँगै अधिकतम तापक्रम घट्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम झण्डै ४ डिग्री सेल्सियस घटेको थियो । अस्ति २० देखि २१ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो १७ दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो।

 

 

 

 

(उज्यालो रेडियो नेट्वोर्क)

प्रतिक्रिया