January 18, 2025, 8:05 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

राष्ट्रियसभा चुनावमा न्यायपूर्ण ढङ्गले टिकट वितरण हुनुपर्नेमा शेखर कोइराला समूहको जोड

मंसिर २८, २०८० मा प्रकाशित | ५६ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ ।

हिजो बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफू निकट नेतालाई मात्रै टिकट दिएको भन्दै यसपटक मापदण्डलाई ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।

यसअघिको चुनावमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै भेलाले अबको राष्ट्रिय सभा चुनावमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णयसमेत  गरेको छ । भेलामा महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्ताव पनि गर्नुभएको छ ।

भेलामा भोलि बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक र पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तय भएको महासमिति बैठकबारे पनि कुरा भएको थियो । कोइराला पक्षका नेताहरुले महासमिति बैठक तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले भने महासमिति बैठक फेरि सार्ने तयारी गर्नुभएको छ । पटकपटक सर्दै आएको बैठक यस पटक भने जाडो र राष्ट्रिय सभा चुनावको कारण देखाउँदै सार्न लागिएको हो।

 

 

 

(उज्यालो रेडियो नेट्वोर्क)

प्रतिक्रिया