January 18, 2025, 7:27 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन

पुस १६, २०८० मा प्रकाशित | ४९ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार ललितपुरको बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहनुभएको छ । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले आजैदेखि काम थाल्नेछ ।

आयोगलाई घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको पनि उहाँले बताउनुभयो ।

यसअघि गृहमन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोग गठनको माग गरेका थिए ।

 

 

 

(उज्यालो रेडियो नेट्वोर्)

प्रतिक्रिया