January 18, 2025, 7:48 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हरायो

पुस २४, २०८० मा प्रकाशित | ७० पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । गुलशन झाले शतक बनाएको खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो । जितका लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा एक सय ४९ रनमा अलआउट भयो ।

नेपालका तिलकराज भण्डारीले तीन र आकाश चन्दले दुई विकेट लिए । त्यसअघि नेपाल ४९ ओभर २ बलमा दुई सय ८४ रनमा अलआउट भएको थियो ।  नेपालका गुलशन झाले एक सय १४ रन बनाएका थिए । टोली दक्षिण अफ्रिकामा छ । आउँदो जनवरी १९ देखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपाल समूह ‘डी’ रहेको छ ।

नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

विश्व कप अघि नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्नेछ ।

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया