January 18, 2025, 8:02 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

नेपालकाे १९ वर्षमुनिको टाेलीले अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हरायाे

पुस २९, २०८० मा प्रकाशित | ११३ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा जितेको हो ।

जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसअघि भएकाे अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

नेपालले अन्तिम अभ्यास खेल पर्सि मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुने विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

 

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया