काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले आज वेस्ट इन्जिडजसँग खेल्दैछ ।
दक्षिण अफ्रिकाको जोहानेसवर्गमा खेल नेपाली समय अनुसार खेल दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि नेपालले शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।
त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।
आईसीसीले विश्वकपअघि हरेक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको हो । १९ वर्षमुनिको विश्वकप आउँदो शुक्रवारदेखि शुरु हुनेछ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।
( उज्यालो रेडियो नेटवर्क)
प्रतिक्रिया