January 18, 2025, 7:49 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

१९ वर्ष मुनिको विश्वकप क्रिकेट : वेस्ट इन्डिजलाई हराउँदै आयोजक दक्षिण अफ्रिकाको विजयी शुरुवात

माघ ६, २०८० मा प्रकाशित | ९२ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डौ – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आयोजक दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेको छ । समूह ‘बी’ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रनले हराएको हो । जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४० ओभर १ बलमा २ सय ५४ रनमा अलआउट भयो । उसका जेवेल एन्ड्रियुलले शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

दक्षिण अफ्रिकाका क्वेना माफाकाले ५ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । उसका डेवन मारिसले ६५ रन बनाए । वेस्ट इन्डिजका नाथन सेलीले ३ तथा नाथन इडवार्ड र डेशावन जेम्सले समान २ विकेट लिए ।

हिजो नै भएको अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो । अमेरिकाले दिएको १ सय ६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो ।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४० ओभर २ बलमा १ सय ५ रनमा अलआउट भएको थियो । आज स्कटल्यान्ड र इंग्ल्यान्ड तथा बंगलादेश र भारतबीच खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेल भोलि न्युजिल्यान्डसँग खेल्नेछ ।

 

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया