January 18, 2025, 7:56 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हरायाे

माघ ९, २०८० मा प्रकाशित | ६१ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हराएको छ । ९२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको छ । अस्ट्रेलियाका लागि कप्तान हुग विब्गेन सर्वाधिक ३९ रनमा नआउट रहेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका हुगले ४३ बलमा ४ चौका हानेका थिए । ओपनर ह्यारी डिक्सन र राफ म्यामिलनले समान १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाका ज्याक ब्रासेलले ८ ओभरमा २ मेडनसहित २८ रन दिएर ३, हान्रो बाडेनहोस्टेले २ र हेन्री भान वेकले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अस्ट्रेलियाले ३३ ओभर १ बलमा ९१ रनमा अलआउट गरेको थियो । अस्ट्रेलियाका कालुम भिड्लेरले ४ विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए । समूहको पहिलो खेलमा श्रीलङ्काले जिम्बावेलाई हराएको थियो ।

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया