January 18, 2025, 8:04 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

माघ ११, २०८० मा प्रकाशित | ९५ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित भएकाे छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले हारेको हो ।

नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पाकिस्तानले ४८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालले ५० ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो ।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ । लगातार दोस्रो हार बेहोरेको नेपालको पनि सुपर सिक्समा अघि बढ्ने सम्भावना बाँकी छ । यसका लागि नेपालले अन्तिम खेलमा भोलि अफगानिस्तानसँग खेल्ने छ ।

पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया