January 18, 2025, 10:55 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा कर्फ्यु हट्यो

फाल्गुन १०, २०८० मा प्रकाशित | १०१ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।

वीरगञ्जमा अवस्था सामान्य हुँदै गएकाले गएराति १० बजेदेखि कर्फ्यु पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गएको बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमवारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा पनि हिजो बेलुकादेखि कर्फ्यु हटाइएको छ ।

ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि गएको शनिवार प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो । अवस्था सामान्य बनेपछि हिजोदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया