January 18, 2025, 5:18 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

अन्तर बैंक एटीएम प्रयोगमा माघ १ देखि शुल्क लाग्ने

पुस २३, २०७७ मा प्रकाशित | ४२५ पटक पढिएको संबाददाता

Spread the news

२३ पुस, काठमाडौं । आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।

तर शुल्का लागि नयाँ शर्त राष्ट्र बैंकले तोकेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले महिनाको २ पटक सम्म एक बैंकको एटिएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा पनि शुल्क लिन पाउने छैनन् । त्यसबाहेक भने प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

प्रतिक्रिया