January 18, 2025, 5:00 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

एबिसी पुग्न पिसिआर रिपोर्ट नचाहिने

माघ ७, २०७७ मा प्रकाशित | २८३ पटक पढिएको संबाददाता

Spread the news

पोखरा । विश्वकै चर्चित पदमार्ग ९एबिसि० पुग्न पिसिआर रिपोर्ट नचाहिने भएको छ । आवश्यक सुरक्षा सर्तकता अपनाएर यस अघि नै व्यवसाय सञ्चालनमा आई सकेको छ ।

व्यवसायस सञ्चालनमा ल्याए पनि पदयात्रीका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय लिएको छ । समितिका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जन जीवन सामान्य अवस्थामा पर्किदै गरेकाले पनि पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । ‘हामीले केही समय अघि पाहुनाका लागि होटलहरु खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समितिका सचिव दिलिप गुरुङले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जन जीवन पनि सामान्य अवस्थामा फर्किर्दै गई रहेको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको छ ।’

एबिसी आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन उनको सुझाव छ । अहिले देउरालीसम्म होटलहरु पूर्ण रुपमा खुलेका छन् । देउरालीबाट माछापुछ्रे २ घण्टामा पुग्न सकिन्छ । माछापुछ्रेबाट अन्नपूर्ण साढे घण्टामा पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यही हप्ता भित्रमा माछापुछ्रे र अन्नपूर्ण बेसक्याम्पमा पनि होटलहरु खुला हुने छन् । फागुनबाट कामदार आई सकेपछि एबिसी पूर्ण रुपमा खुल्ने छ । तर, देउरालीमा बसेर सहज रुपमा अन्नपूर्ण बेसक्याम्प पुगेर देउरालीमा बास बस्ने गरि फर्किन सकिन्छ । यसको लागि लोकल गाइडको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया