January 18, 2025, 10:56 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

सुडानको राजधानी खार्तुममा हवाई आक्रमण : ३५ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

भदौ २५, २०८० मा प्रकाशित | ६३ पटक पढिएको संबाददाता

Spread the news

खार्तुम । सुडानको राजधानी खार्तुमस्थित खुला तथा व्यस्त बजारमा भएको हवाई आक्रमणमा ३५ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी घाइते भएका छन् ।

सेनाका लडाकु विमानले दक्षिणी खार्तुमस्थित क्वोरो मार्केटमा बम वर्षा गरेको स्थानीय बासिन्दाले जनाएका छन् । सुडानमा सेना र अर्ध सैनिक बल- र्‍यापिड सर्पोट फोर्स ‘आरएसएफ’ बीच गत अप्रिलदेखि भिडन्त हुँदै आएको छ । सुडानमा कार्यरत स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय परोपकारी संस्था डक्टर्स विद्आउट बोर्डर्सले विस्फोटमा परी अङ्गभङ्ग भएका र अन्य घाइतेको ज्यान जोगाउने प्रयास जारी रहेको जनाएको छ । केही अन्तर्राष्ट्रिय समाचार संस्थाले मृत्यु हुनेको संख्या ५० को नजिक पुगेको बताएका छन्  ।

सेना प्रमुख अब्देल फताह अल बुहरान र अर्धसैनिक बल आरएसएफका कमाण्डर जनरल मोहम्मद डगालोबीच मतभेद बढेपछि गत अप्रिलदेखि सुडान गृहयुद्धमा फसेको हो। दुवै सुरक्षा बलबीचको

कारण चार हजारभन्दा बढी मानिसले ज्यान गुमाइसेका छन् । करिब ५० लाख मानिस विस्थापित भएका छन् । जारी युद्धका कारण खाद्यान्न तथा अत्यावश्यक औषधिको चरम अभाव सिर्जना भएको छ । सुडानमा French संकट गहिरिँदै गएको राष्ट्रसंघले जनाएको छ । द्वन्द्वबाट राजधानी खार्तुम र डार्फरको  पश्चिमी क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । राजधानी खार्तुमको अधिकांश भूभाग र निकटवर्ती दुई सहर आरएसएफको नियन्त्रण रहेको छ भने ती क्षेत्र पुन: आफ्नो कब्जामा ल्याउन सेनाले हवाई आक्रमण गर्ने गरेको छ । साउदी अरब र अन्य केही देशले युद्ध अन्त्यका लागि दुवै पक्षबीच मध्यस्थताको प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

 

प्रतिक्रिया