२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ ।महानगरपालिकाको नगर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो । जरिवानाबापत उनीहरूबाट ५० हजार ५ सय रूपैयाँ असुलिएको महानगरले जनाएको छ ।
प्रतिक्रिया