May 13, 2024, 10:23 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

कपिलवस्तुमा बस दुर्घटना : १० जनाको ज्यान गयाे, ४० जना घाइते

फाल्गुन ३, २०८० मा प्रकाशित | ७७ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डाैका लागि छुटेकाे  सुनौलो महाकाली  यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट तल खसेको हो ।

मृतकहरूको परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको  छ । अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ११ जना भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

 

 

(उज्यालो रेडियो नेटवर्क)

प्रतिक्रिया